+
+

लण्डन डर्बीमा चेल्सीको जित, आर्सनलको लगातार दोस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ८:०३

७ भदौ, काठमाडौं । रोमेलु लुकाकुले एक दशकपछि पुनरागमन गर्दै चेल्सीका लागि गोल गर्दा चेल्सीले प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनललाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई उसैको मैदानमा २-० ले पराजित गरेको हो । २०२१-२२ सिजनमा चेल्सीको यो लगातार दोस्रो जित हो ।

एमिरेट्स स्टेडियममा भएको खेलको १५औं मिनेटमा लुकाकुले रिस जेम्सको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । लुकाकु केही दिनअघि मात्रै चेल्सीमा अनुबन्ध भएका थिए ।

रिस जेम्सले ३५औं मिनेटमा मेसन माउन्टको पासमा चेल्सीका लागि दोस्रो गोल गरे ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लेको छ । लिभरपुल, ब्राइटन र टोटनहमको पनि समान ६ अंक नै छ तर चेल्सी गोलअन्तरमा अघि छ ।

आर्सनलले भने लगातार दोस्रो हार बेहोरेको छ । आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसंग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?