
८ भदौ, काठमाडौं । लेस्टर सिटीलाई पराजित गर्दै वेष्टहम युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
सोमबार राति भएको खेलमा वेष्टहमले दस खेलाडीमा समेटिएको लेस्टरलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा वेष्टहमका लागि माईकल एन्टोनियोले ८०औं र ८४औं मिनेटमा गोल गरे । यस्तै पाब्लो फोर्नाल्सले २६औं र सेड बेनराहमाले ५६औं मिनेटमा गोल गरे।
लेस्टरका युरी थिलेमान्सले ६९औं मिनेटमा एक गोल गरे ।
४०औं मिनेटमा अयोज परेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो ।
सुरुआती दुई खेलमा शतप्रतिशत जित हात पार्ने ५ टिममध्ये एक बनेको वेष्ट समान अंक भए पनि गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा छ।
चेल्सी, लिभरपुल, ब्राइटन र टोटनहमले पनि समान ६ अंक जोडेका छन् ।
उता पहिलो खेलमा विजयी भएको लेस्टरको यो पहिलो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4