+
+

पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग खुल्यो

रासस रासस
२०७८ भदौ ८ गते १४:४६
प्रतीकात्मक तस्वीर

८ भदौ, रसुवा । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए ।

सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए ।

नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार दिउँसो साढे १२ बजेतिर पहिरोले अवरुद्ध बनाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?