+
+

रौतहट प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी

एसएसपीको नेतृत्वमा छानविन समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:५६

८ भदौ, काठमाडौं । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।

निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो ।

उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छ । एसपी शाहलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजिर गराउन पत्र आएको २ नंं प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले बताए ।

घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य छन् ।

समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो ।

कुराकानीको सुरुवातमा उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका थिए । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।

यो पनि पढ्नुस्

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?