+
+
Shares

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ भदौ ७ गते १३:५०

७ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ ।

हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सा’बलाई ल्याएको छु, डिलिट गराउन’ भनिएको छ ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले पत्रकारलाई फसाउन खोजेको आरोप लागेको छ ।

अडियो रेकर्डमा घुमुवा प्रहरी असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ यसले घटनामा प्रहरीको बद्नियतलाई उजागर गरेको पत्रकारहरुले बताएका छन् ।

घुमुवा टोलीका असई यादव र प्रहरी जवान मनोज शाहले भाई नाता पर्ने धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जनाएको छ । सीसी टीभी फुटेजबाट पत्रकार मोजिबुल्लाह निर्दोष देखिएको भन्दै तत्काल रिहाइ गर्न पत्रकार महासंघले माग गरेको छ ।

यसैबीच, रौतहट प्रहरीले यस विषयमा सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन राखेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?