+
+

एमालेको दशौं महाधिवेशन मंसिर दोस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:४९

८ भदौ, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ ।

माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ ।

साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने  पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?