+
+

धनुषामा गुडिरहेको मोटरसाइकलबाट उछिट्टिएर झरेकी महिलाको माइक्रोबसले किचेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते २०:३४

८ भदौ, जनकपुरधाम । धुनषामा गुडिरहेको मोटरसाइकलबाट उछिटिएर सडकमा खसेकी एक महिलाको माइक्रोबसले किचेर मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमा पछाडि सवार महिला उछिटिएर सडकमा लडेलगत्तै माइक्रोबसले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकलबाट लडेकी सप्तरीको राजविराज नगरपालिका–१२ की २९ वर्षीया ममता यादवलाई बा ५ ख ६०८७ नम्बरको माइक्रोबसले कुल्चिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय द्वारिकाप्रसाद यादव घाइते भएका हुन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सडक जीर्ण भएका कारण उक्त दुर्घटना भएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध गरिएकै समयमा प्रहरीले मृतकको शव उठाउन खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन १८ राउण्ड अश्रुग्यास र दुई राउण्ड सर्टगन प्रहार गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

स्थानीयले गरेको ढुंगा प्रहारबाट ५ जना प्रहरी घाइते भएको उनले बताए । महिलालाई किच्ने माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको तथा मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । अहिले दुर्घटनास्थलको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?