+
+

नवनियुक्त मुख्यमन्त्री आचार्य भन्छन् : आफैं बहुमत पुर्‍याउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १२:४५

१० भदौ, विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन ।

यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्‍याउँछौं ।’

उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?