+
+

संसारकै धेरै जुम्ल्याहा जन्मिने रहस्यमय गाउँ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १३:४०

एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् ।

केरलाको मलप्पुरम जिल्लामा पर्ने कोडिन्ही गाउँ सोही कारणले गर्दा जुम्ल्याहा गाउँ भनेर चिनिन्छ । झण्डै दुई हजार जनसंख्या भएको उक्त गाउँमा ४०० जोडी जुम्ल्याहा हुनु सामान्य कुरा होइन ।

यो गाउँ अत्यधिक संख्याका जुम्ल्याहाहरूकै कारण चर्चित बनेको छ । गाउँमा अधिकांश परिवारमा जुम्ल्याहा बच्चा नै जन्मिने गरेका छन् । गाउँमा जन्मिने बच्चाहरुमा उल्लेख्य संख्यामा जुम्ल्याहा नै हुने गरेका छन् । आखिर उक्त गाउँमा यतिधेरै जुम्ल्याहा किन जन्मिएका होलान् ?

उक्त प्रश्नको उत्तर खोज्नका लागि वैज्ञानिकहरुको कैयन् पटक गाउँमा पुगेर अध्ययन गरे । सन् २०१६ मा सो गाउँमा पुगेको एक वैज्ञानिक दलले जुम्ल्याहा मानिसहरुका शरीरबाट केही नमूनाहरु पनि संकलन गरेको थियो । तर उक्त अनुसन्धानको कुनै ठोस निष्कर्ष निस्किएन ।

विज्ञहरुले गाउँलेहरुको खानपान र रहनसहनका बारेमा पनि गहन अध्ययन गरे, तर पनि अहिलेसम्म उक्त रहस्यको पर्दा उघ्रिन सकेको छैन । भारतमा औषतमा एक हजार जन्ममा जुम्ल्याहाको अनुपात ९ हुँदा कोडिन्ही गाउँमा यस्तो अनुपात ४५ रहेको छ । अर्थात् यो गाउँ विश्वमै सबैभन्दा धेरै जुम्ल्याहा बच्चा जन्मिने ठाउँमध्ये एक हो ।

गाउँलेहरु त ईश्वको विशेष कृपाले गर्दा गाउँमा भटाभट जुम्ल्याहाको जन्म हुने गरेको दाबी गर्दछन् । कतिपय गाउँलेले चाहिँ गाउँको हावापानीमै केही विशेष चिज रहेको र सोही कारणले गर्दा हरेक घरमा जुम्ल्याहा बच्चा पैदा हुने गरेको विश्वास गर्दछन् ।

तथ्यांक अनुसार पछिल्लो ५० वर्षमा यो गाउँमा ३०० भन्दा धेरै जुम्ल्याहा बच्चा जन्मिएका छन् । अहिले उक्त गाउँमा जुम्ल्याहा मानिसहरुको संख्या ४ सय जति छ ।

जुम्ल्याहाले भरिएको उक्त गाउँ पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँ छिर्ने ठाउँमा ‘भगवानको आफ्नै जुम्ल्याहा देशमा स्वागत छ’ भनेर लेखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?