+
+

रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ १० गते १३:५९

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।

देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालय स्रोतले बतायो । ‘यो सिजनलाई मल खरिदका लागि गरिएको १४ वटा टेण्डरबाट मल आएन, अभाव चिर्न कुटनीतिक प्रयास थालिएको हो । कम्तीमा पनि एक लाख ५० हजार मेट्रिकटन मल ल्याउन सकिए हुन्थ्यो’ एक अधिकारीले भने ।

अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैका लागि हाल्न देशैभर मल अभाव रहेको मन्त्रालयले जनाएको छ । ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी छ । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।

चीनको अग्रसरता भारतसँग जीटूजी

मल खरिदका लागि प्रस्ताव गरिएका मध्ये भारत र चीन नै नेपालको पहिलो प्राथमिकता रहेको छलफलमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।

झण्डै दुई महिना भित्रै मल भित्र्याउन पर्ने बाध्यताका कारण पनि छिमेकी मुलुक प्राथमिकतामा परेको उनी बताउँछन् । नेपालाई चाहिने मल बिक्रीका लागि चिनियाँ कम्पनीले चासो देखाएको तर मुल्यबारे कुरा मिलेको छैन् ।

यस्तै गत वर्ष नै अघि बढाइएको भारतसँगको जीटूजी ब्युँताएर मल भित्र्याउन पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ । सत्ता परिवर्तनसँगै सेलाएको भारतसँगको जीटूजीबारे प्रधानमन्त्री तहबाटै परामर्श सुरु भएको र नेपालस्थित भारतीय दूतावासलाई पनि सहजीकरणका लागि आग्रह गरिएको छ । चीन र भारतबाट सम्भव नभए अन्य विकल्पमा पनि छलफल गरिने मन्त्रालयले जनाएको छ ।

धान र गहुँको लागि भन्दै कृषि सामग्री र साल्टले एक लाख ३० हजार मेट्रिकटन मलको खरिद सुरु गरेपनि यो सिजन मल आउन सकेको छैन् ।

कृषि सामग्रीको ६० हजार मेट्रीकटन युरिया, साल्ट ट्रेडिङको ५० हजार यूरिया र साल्ट ट्रेडिङकै २० हजार मेट्रिकटन युरिया मलको ठेक्का पाएको एउटै कम्पनी जोशी बिजले उक्त मल नल्याएको हो । कुल पाँच अर्ब हाराहारीको उक्त ठेक्काबाट एक किलो पनि मल नआएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?