+
+

आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १५:५५

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको बताएका छन् ।

२००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको बताए ।

आजीवन राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘मेरो मोटो कुरा के छ आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’ यद्यपि पार्टीका नेताहरुले अहिले नै त्यसो नभन्नुस् है भनेको उनले सुनाए ।

नेकपा एमालेमा रहँदा पनि केपी ओलीलाई विदा गरेर युवा पुस्तालाई नेतृत्व लिन आग्रह गरेको अध्यक्ष नेपालले बताए । ‘मैले त अहिले नै भनेको थिए, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले सम्हालोस् । सम्हाले भइो, मेरो सहयोग रहन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?