+
+

आन्तरिक राजस्व विभागले निर्देशकहरुसँग गर्‍यो कार्यसम्पादन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १७:३६

१० भदौ, काठमाडौं । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरुसँग कार्य सम्पादन सम्झौता गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरुबीच आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

अर्थ मन्त्रालयको वाषिर्क नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुले वाषिर्क सम्पादन गर्नुपर्ने काम समेत समावेश गरि कार्यसम्पादन सम्झौता गरिएको विभागले जनाएको छ ।

कार्यसम्पादन सम्झौतामा बाषिर्क कृयाकलाप, परिमाणात्मक रुपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्य सम्पादन गर्नुपर्ने समय सीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरुको कार्यसम्पादन मूल्यांकन बस्तुनिष्ठ र यथार्थपरक हुने भएको छ ।

यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाई छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरुसँग समेत गरिने भएको छ ।

यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशक बीच यस्तै प्रकारको बाषिर्क कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ ।

विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्ति प्रसाद पाण्डे, संचालन महाशाखा प्रमुख आनन्द काफ्ले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भु प्रसाद मरासिनी र सूचना प्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?