+
+

प्रदेश १ का विपक्षी दलले भने : मुख्यमन्त्रीमा आचार्यको नियुक्ति असंवैधानिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते २०:२२
प्रदेश १ को प्रदेशसभाका विपक्षी : दायाँबाट क्रमश नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई ।

१० भदौ, विराटनगर । प्रदेश १ मा विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ ।

दल विभाजन भएको र अल्पमतमा परेको अवस्थामा नेपालको संविधानको धारा १६८ १ बमोजिमको नियुक्ति असंवैधानिक भएको उनीहरुको दावी छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई सपथग्रहण गराएपछि बसेको गठबन्धनको बैठकले नवनियुक्त मुख्यमन्त्रीको विपक्षमा बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यसाीले असंवैधानिक काम गरेको बताए । संविधान र दल सम्बन्धी ऐन विपरीत नियुक्ती गरेको दाबी गरे ।

‘दल विभाजन भइसकेपछि बहुमत पुग्ने आधार छैन,’ उनले भने, ‘नियमत सांसदलाई दल रोज्न २१ दिनको समय दिइएको छ ।’

उनले प्रदेश प्रमुखलाई विपक्षी गठबन्धको तर्फबाट बहुमत सांसदको हस्ताक्षर बुझाउने बताए । संविधानको धारा १६८ को (२) अनुसार सरकार गठनको आह्वान गर्न माग गर्दै मुख्यमन्त्री आचार्यको विपक्षमा रहेका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको बताए ।

प्रदेश १ को विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले कीर्ते गरेको बताए । उनले प्रदेश प्रमुखले संविधानभन्दा बाहिर गएर काम गरेको बताए । प्रदेश प्रमुखले सामान्य पढेलेखेको मान्छेले जति पनि विवेक प्रयोग नगरेको कार्कीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?