+
+

आक्रमणले उद्धार कार्य रोकिंदैन : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १२:४१

११ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । बिहीबार काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका हुन् ।

बिहीबार भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । जसमभ्ये १३ जना अमेरिकी सैनिक छन् । तालिबानले भने यो घटनामा आफ्ना कुनै पनि सदस्यको मृत्यु नभएको बताएको छ ।

अमेरिकाले अफगानिस्तानबाट एक लाखभन्दा धेरै मानिसको उद्धार गरिसकेको छ । तालिबानले अगष्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य सुरु गरेको थियो ।

अमेरिकी राष्ट्रपति बाइडनले यो मिसन सकाउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘हामी आतंकवादीबाट विचलित हुँदैनौं ।’ बिहीबार स्थानीय समयअनुसार साँझ ५ बजे यो आक्रमण भएको थियो । सुरुमा अमेरिका र बेलायती सैनिकले मानिसहरुलाई विमानस्थल प्रवेश गराउने गेटमा बम विष्फोट गराइएको थियो । त्यसपछि अन्धाधुन्ध गोली आक्रमण पनि सुरु भएको थियो ।

त्यसको केही बेरमा नै बेलायती अधिकारीले उद्धारको लागि कागजी पक्रिया पूरा गर्न प्रयोग गर्दै अएको होटलमा अर्को विष्फोट गराइएको थियो । बिहीबारको यो

आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट -आईएस)ले लिएको छ । बाइडनले यो आक्रमण आफूहरुले नभूल्ने र आईएसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?