+
+

प्रतिकूल मौसमको प्रभाव हवाई उडानमा, पोखराबाट जहाज काठमाडौं डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १४:२७
फाइल तस्वीर

११ भदौ, काठमाडौं । प्रतिकुल मौसमको प्रभाव हवाई उडानमा परेको छ  । काठमाडौंको त्रिभुवन विमानस्थलबाट हुने उडान गन्तव्य विमानस्थलहरुको प्रतिकुल मौससका कारण प्रभावित बन्न पुगेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसमका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौंबाट पोखरा पुगेका जहाज पुनः काठमाडौं नै डाइभर्ट गरिएको छ । अहिले पोखरा विमानस्थल मौसम खराबीका कारण बन्द भएको छ । शुक्रबार बिहान भद्रपुर र विराटनगर विमानस्थलको उडान समेत प्रभावित थियो । ती रुटमा उडान अहिले सूचारु भएको छ ।

लुम्बिनी प्रदेशका धेरै स्थान डुबानमा परेका छन् । तर काठमाडौंबाट भैरहवामा भइरहेको उडान भने प्रभावित बनेको छैन । चितवनमा समेत शुक्रबार केही बेर उडान प्रभावित भएको थियो । पश्चिम नेपालतर्फ भने उडानहरु नियमित भइरहेको बताइएको छ । बिहानका उडानहरु डिले भएका कारणले यसले विमानस्थलमा यात्रुको चाप भने बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?