+
+

एसईईमा डी र ई ग्रेड ल्याएकाले सिटिइभिटीका कस्ता कोर्स गर्न पाउँछन् ?

नुनुता राई नुनुता राई
२०७८ भदौ ११ गते १६:४७

११ भदौ काठमाडौं । एसएसईमा प्राप्त अंक कम भएकै कारण धेरैका लागि उच्च शिक्षाको ढोका खुला हुँदैन । उनीहरुले कक्षा ११ मा भर्ना पाउँदैनन् । तर, हतोत्साही हुनुपर्ने केही छैन । किनभने उनीहरुले सिटिइभिटी अन्तर्गगतका यस्ता थुप्रै कोर्स गर्न सक्छन्, जसले प्राविधिक र व्यवसायिक सीप हासिल गराउँछ ।

एसईई परीक्षामा सहभागी विद्यार्थीको प्राप्तांक कम भएपनि लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १ दशमलव ६ निर्धारण गरेको छ । १ दशमलव ६ भन्दा कम जीपीए ल्याउनेहरूले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् ।

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु आफुले इच्छाएको विषय रोजेर पढ्न पाउँछन् । उनीहरुको लागि विकल्प धेरै हुन्छन् । तर कम अंक ल्याउनेको लागि पनि बाटो बन्द भने हुँदैन । कम ग्रेड ल्याउने विद्यार्थीको लागि पनि अनेक विकल्प छन् ।

कक्षा ११ आफुले रोजेको विषय पढ्न नपाए पनि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटीई) ले तयार पारेको प्राविधिक शिक्षा लिन पाउँछन् । जसले उनीहरुको गरीखाने बाटो खुल्छ ।

परिषदले कम ग्रेड लिएर पास गर्ने विद्यार्थी लक्षित पाठ्यक्रम तयार गर्दै आएको छ । अर्थात एसईईमा जुनसुकै ग्रेड ल्याएपनि पढ्न पाउने पाठ्यक्रम बनाएर विद्यार्थीलाई पढ्ने-सिक्ने अवसर दिईरहेको छ ।

परिषद्ले चालु शैक्षिक सत्रका लागि प्रि-डिप्लोमाको १८ महिने कोर्षको लागि आवेदन माग गरेको छ । प्रि-डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साईन्स), प्रि-डिप्लोमा ईन लाईभस्टक प्रडक्सन-एनिमल हेल्थ, प्रि-डिप्लोमा ईन भेटेरिनगरी साईन्स लगायत १७ वटा कार्यक्रम ल्याएको छ ।

परिषद्का प्रवक्ता विनोद बडाल यो कार्यक्रमले विद्यार्थीहरुलाई गरीखाने वैकल्पिक बाटो देखाउने बताउँछन् । उनी भन्छन् ‘अहिले एसईईमा राम्रो ग्रेड आएन भनेर निराश हुनुपर्ने अवस्था छैन । प्रि-डिप्लोमा गरेर गरी खाने बाटो खोल्न सक्छन् ।’

यो कार्यक्रमले समेटेका सिकाईमा  ८० प्रतिशत प्राक्टिकल हुन्छ । २० प्रतिशत मात्रै सैद्घान्तिक हुने भएकोले विद्यार्थीलाई पढिरहेको जस्तो नहुने प्रवक्ता बडालको भनाई छ । प्रि-डिप्लोमा उत्तीर्णले डिप्लोमा कोर्ष पनि पढ्न पाउँछन् । १८ महिने कोर्ष पढिसकेपछि विद्यार्थी बेरोजगार भएर बस्नुपर्ने अवस्था नहुने उनको दाबी छ ।

यत्ति हुँदा हुँदै पनि पछिल्लो समय विद्यार्थीको संख्या भने क्रमश घट्दै गएको प्रवक्ताको भनाई छ । उनी भन्छन् ‘यो एकदम राम्रो कोर्ष हो तर पनि विद्यार्थीको आकर्षण भने घटिरहेको छ । यसबारे अध्ययन नगरी भन्न सकिने अवस्था छैन ।’

परिषद्बाट संचालन सम्बन्धन-स्वीकृति पाएका आंगिक, साझेदार, सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा (टीईसीएस) कार्यक्रम र नीजि स्तरमा संचालित शिक्षण संस्थाहरुले परिषद्को यो कार्यक्रम सञ्चालन गर्न पाउने छ ।

उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, शैलजा आचार्य स्मृति पोलिटेक्निटक इन्ष्टिच्यूट, जहदा मोरङ, लहान प्राविधिक शिक्षालय, लहान, जिरी प्राविधिक शिक्षालय दोलखा, पनौती प्राविधिक शिक्षालय काभ्रे, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी काठमाडौं सहित ५४७ शिक्षण संस्थाहरुमा विद्यार्थीले आफुले चाहेको प्रि-डिप्लोमा कोर्ष गर्न सक्नेछन् ।

बैदेशिक रोजगारी लक्षित कार्यक्रम

परिषद्ले भदौ २ गतेदेखि २३ गतेसम्म अनलाईन आवेदन माग गरेको छ । कोभिड १९ का कारण यो वर्ष परिषद् प.नि.का बाट उपलब्ध गराइएको वेब बेस्ड अनलाईन इन्टिग्रेटेड ट्रेनिङ मेनेजमेन्ट सिस्टम (आइडिएमएस) बाट हुने सूचना जारी गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) ले राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारको माग अनुसार विभिन्न पेशा व्यवसायमा छोटो अवधीका र प्रि-डिप्लोमा प्रमाणपत्र तहका पाठ्यक्रमहरु निर्माण तथा समयानुकुल परिमार्जन गर्ने गरेको छ ।

परिषद्ले छोटो अवधिका २४३ वटा, प्रि-डिप्लोमा तहका ३१ र डिप्लोमा तहका ४८ पाठ्यक्रमहरु छन् । बैदेशिक रोजगार बोर्डको सहयोगमा परिषद्ले १८० घण्टाको ५ वटा छोटो अवधिका पाठ्यक्रमहरु बैदेशिक रोजगारीका लागि निर्माण गरेको छ । जस मध्ये असिस्टेन्ट टाईल मार्वल फिक्सर, असिस्टेन्स आलमुनियम फेब्रिकेटर इन्स्टलर, फ्रन्ट अफिस असिस्टेन्स, जुनियर ब्युटिसियन र जुनियर फर्निचर मेकर हुन् ।

बैदेशिक रोजगारीमा जान चाहनेको लागि बैदेशिक रोजगार बोर्ड र समी परियोजनाले निशुल्क तालीमहरु सञ्चालन गर्ने गरेको छ ।

परिषदका प्रदेश कार्यलयहरु र विभिन्न शिक्षालयहरुबाट वार्षिक रुपमा करिब ४५ हजार जनालाई छोटो अवधिका तालीमहरु निशुल्क उपलब्ध गराउदै आएको प्रवक्ताले बताए । गत वर्ष मात्रै समी परियोजना अन्तर्गगत करिब ९ हजारले विभिन्न किसिमको तालिम दिएको जनाएको छ ।

हेर्नुहोस् सूचना :

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?