+
+
Shares

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १५:१२

१४ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्र िरघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।

‘बजेटमा पनि एसईइ प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीईभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीईभीटीमा भर्ना के गर्ने,’ उनको प्रस्ताव छ, ‘सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको छैन । उपसमितिले पनि एसईई नराख्ने सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?