
१२ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालले आधिकारिक वेवसाइट सुरुवात गरेको छ ।
वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
युवा संगठनलाई डिजिटल मैत्री बानाउने भन्दै वाइसीएलले वेबसाइट सञ्चालन गरेको हो ।
वाइसीएलका महासचिव सुवोध शेर्पालीले संगठनसंवद्ध सबै जानकारी वेबसाइटमार्फत गराइने र देशभरका युवाले सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रुपमा लिन सक्ने व्यवस्था गर्ने बताए ।
वाइसीएलले आफ्नो राष्ट्रिय भेला पनि भर्चुअल माध्यममार्फत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4