+
+

अष्ट्रेलियाको मेलबर्नमा थपियो लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १३:२१

१३ भदौ, काठमाडौं। अष्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन थप गरिएको छ ।

अष्ट्रेलियाको दोस्रो ठूलो सहरको रुपमा रहेको मेलबर्नमा अझै पनि कोरोनाको डेल्टा भेरियन्टको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय गरिएको हो ।

पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोनाका ९२ नयाँ संक्रमित थपिएसँगै मेलबर्नमा लगाइएको लकडाउन थप गरिएको हो । अहिले भिक्टोरियामा ७७८ सक्रिय संक्रमित छन्। मेलबर्नमा लगाइएको लकडाउन आगामी बिहीबार सकिँदै थियो तर अब यो सम्भव नभएको भिक्टोरियाका प्रिमियर डान एन्ड्र्युले बताएका छन् ।

मलबर्नको लकडाउन अहिले चौथो सातामा चलिरहेको छ । यो लकडाउनमा कफ्र्यु, खेलकूदमा रोक र शारीरिक अभ्यासमा पनि कडाइजस्ता प्रतिबन्ध सामेल छन् ।

यसैबीच अष्ट्रेलियाको न्यु साउथ वेल्समा पनि पछिल्लो २४ घण्टामा १ हजार २१८ नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । यो प्रान्तमा गत जुनको मध्ययता करीब १९ हजार कोरोना संक्रमित फेला परिसकेका छन् ।

अष्ट्रेलियाले मुलुकका ७० देखि ८० प्रतिशत मानिसले कोरोनाविरुद्धको पूरा डोज खोप लिइसकेपछि मात्र सीमा खुला गर्न सकिने बताएको छ ।

अहिलेसम्म ३३.७ प्रतिशत १६ वर्षभन्दा बढी उमेरका मानिसले कोरोनाविरुद्धको पूरा डोज खोप लगाएका छन् । यो संख्या ८० प्रतिशत पुग्न नोभेम्बरको आधासम्म लाग्ने जानकारहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?