+
+

भोलिसम्म सरकारले पूर्णता पाउँछ : कांग्रेस नेता विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १८:५०

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् ।

सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै नेता विश्वकर्माले सोमबार (भोलि) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिएका हुन् । आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमति भइसकेकाले अब सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको पनि बताए ।

‘सायद भोलि बेलुकासम्म सरकार विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । ढिलो किन भयो ? भन्ने कुरा चाहिँ दलहरुबीचको वैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भइसकेको छ । दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अब ढिलाई हुँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?