+
+

रोल्पा-पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १८:५१

१३, भदौ, पोखरा । रोल्पा-पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारणसभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।

समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकालपछि नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन् ।

रोल्पाबाट विभिन्न काम तथा पेशा व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए । समाजमा हाल १११ घरपरिवार एकीकृत रहेको निवर्तमान अध्यक्ष बुढामगरले जानकारी दिए ।

बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए । ‘कास्कीभरि छरिएर रोल्पालीहरुलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पुर्‍याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?