+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्याङ्जामा पहिरोमा परी महिलाको मृत्यु

रासस रासस
२०७८ भदौ १३ गते २०:२२

१३ भदौ, वालिङ । पहिरोले पुरिएर स्याङजाको  राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आइतबार घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिरोले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

उनका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको मृत्यु भएको हो । कालीगण्डकी नदीको किनारमा रहेको उक्त स्थान धार्मिक महत्वको क्षेत्र भएकाले टाढा-टाढाबाट त्यहाँ दर्शनका लागि पुग्ने गरेका छन् । उम्रा पनि पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना–१ का १६ वर्षीय शिशिर योगी र अर्का पहिचान नखुलेका एक जना पुरुष गरी तीन जना घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याइँदै गरे पनि बीचमा पहिरोका कारण सडक अवरुद्ध भएकाले अस्पताल पुर्‍याउन कठिनाइ भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । पहिरोका कारण बस्नेत र स्थानीयवासी दीपेन्द्र श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको छ । राम्दीमा रहेको प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?