+
+

राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी

रासस रासस
२०७८ भदौ १४ गते १४:२५

१४ भदौ, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीत झाले जानकारी दिए ।

साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको  उनले बताए । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरीसहित छिमेकी उदयपुर, सिरहा र सुनसरीमा रहेका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा. झाले बताए । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ बेडको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?