+
+

गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १७:३०

१४ भदौ, काठमाडौं । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् ।

गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्‍ने भएको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘.. सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/५/१५ गते मंगलबारदेखि सबै विद्यालय सञ्‍चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्‍चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ । ‘

विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?