
१७ साउन काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उडड्यनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो ।
नागरिक उडड्यन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उडड्यन क्षेत्रमा देखिएको समस्या र ति समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्नका लागि ६ महिनाको समय दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।
उपसमितिमा सांसदहरुको रुची र चाहाना अनुसार पछि थप गरिने सभापति खरेलले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4