Comments Add Comment

लण्डन डर्मीमा चेल्सीले आर्सनललाई हरायो

१८ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । डण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।

चेल्सीका लागि काऐ हाभार्ट र टमी एब्राहमले गोल गरे । आर्सनलका लागि ग्राइन्ट जाकाले गोल गरे ।

एमिरेट्स स्टेडियममा भएको खेलको २७औं मिनेट हाभार्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरे ।

६९औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जाकाले आर्सनलका लागि बराबरी गोल फर्काएका थिए । तर ७२औं मिनेटमा टमी एब्राहमले गोल गर्दै चेल्सीको जित पक्का गरे । एब्राहम पनि वैकल्पिक खेलाडीको रुपमै मैदान प्रवेश गरेका थिए ।

केही दिन अघि मात्रै आर्सनलमा अनुबन्ध भएका डिफेण्डर बेन ह्वाइटले पनि यसै खेलबाट डेब्यु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment