Comments Add Comment

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले भने ।

आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको तयारी थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । थप केही मन्त्रालय माओवादीले पाउने छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादीले निर्णय गर्न सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा यही साउन ९ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा दबाबमा परेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment