Comments Add Comment

टोकियो ओलम्पिक : हाइजम्पमा दुई जनालाई स्वर्ण

१८ साउन, काठमाडौं । खेलमा जित हार मात्र होइन भावना पनि उत्तिकै जोडिएको हुन्छ । जापानमा भइरहेको टोकियो ओलम्पिमा पुरुष हाई जम्पतर्फ एक खेलाडीले मात्र नभई दुइ खेलाडीले स्वर्ण जिते ।

खासमा उनीहरुले स्वर्ण बाँडेका थिए । कतारका मुताज एसा बार्शिम र इटालीका जियानमार्को ताम्बेरीले स्वर्ण पदक जितेका हुन् । बेलारुसमा माक्सिक नेदासेकाउले कांस्य जिते ।

यस इभेन्टमा तीन खेलाडीले समान २.३७ मिटर उचाइ नाघेका थिए । तीनै जनाले २:३९ मिटर नाघ्ने प्रयास गरे । तर सफल हुन सकेनन् । त्यसअघि कतारमा बार्शिम र इटलीका ताम्बेरीले एकै प्रायसमा उचाइ पूरा गर्दै आएका थिए ।

बेलारुसका २:३५ मिटर नाघ्न अर्को प्रयास गर्नुपरेको थियो । त्यसैले उनी तेस्रो स्थानमा रहे ।

करीब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले २:३९ मिटरको ओलम्पिक रेकर्ड तोड्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

तीन प्रयासमा दुवै खेलाडी असफल भएपछि बार्शिम ताम्बेरीबीच ड्र भयो । अनी अफिसियलहरुले उनीहरुसँग संक्षिप्त कुरा गर्दै दुवैलाई थप नाघ्न प्रस्ताव गरेका थिए । तर कतारका बार्शिमले फेरि प्रतिस्पर्धा गर्ने भन्दा किन बाँड्न सकिन्न भनेर प्रश्न गरे । त्यसपछि दुवैले स्वर्ण बाँड्ने निर्णय गरे । अनी उत्साहित हुँदै दुवैले एकअर्कासँग अंगलो हालेर खुशी साटे ।

ताम्बेरी सन् १९८० पछि ओलम्पिकमा हाइ जम्पमा स्वर्ण जित्ने खेलाडी बने । १९८० को मस्को ओलम्पिकमा इटलीका सारा सिमीओनीले महिलातर्फ स्वर्ण जितेकी थिइन् ।

एथलेटिक्समा सन् १९१२ पछि पहिलो पटक पदक बाँडिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment