+
+

एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १३:०९

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् ।३८ मतान्तरले विजयी भएकी खनाल एनआरएनए फ्रान्सको पहिलो निर्वाचित महिला अध्यक्ष हुन् ।

नेपालको तनहुँ घर भएकी खनालले कुल ४५८ मध्ये २४८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए ।

खनाल यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।

कार्यसमिति उपाध्यक्षमा 2४८ मत सहित शिवराम भण्डारी र २२६ मतका साथ लोकबहादुर पुन विजयी भए भने महासचिवमा २५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा २५२ मतका साथ कमलविक्रम केसी र कोषाध्यक्षमा २३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।

आईसीसी सदस्यमा भने अमरबहादुर भण्डारी र एकबहादुर मल्ल दुवै जनाले २२५ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?