+
+
Shares

जीवन विकास र युनियनको ‘सेयर अर्डर’मा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १३:३३

१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि अर्डका लागि अनुरोध भनेर देखाउने तर अर्डरमा भने नदेखिने लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

जीवन विकासको केही दिन अघि नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भइरहेको छ भने युनियनको आजबाटमात्रै पहिलो कारोबार सुरु भएको हो । ब्रोकर नम्बर २५ मा कारोबार गर्ने लगानीकर्ता रमेश उप्रेतीले अन्य कम्पनीहरु सहज तरिकाले अर्डर भए पनि यी २ कम्पनीहरुको सेयर अर्डरमा भने समस्या देखिएको बताए ।

‘जीवन विकासको त हिजोदेखि लगातार अर्डरमा बस्न खोजिरहेको छु, अर्डर रिक्वेस्ट भनेर देखाएपनि अर्डरमा भने देखाउँदैन’ उनले भने, ‘अन्य कम्पनीहरुको भने राम्रैसँग कारोबार भइरहेको छ ।’

ब्रोकर नम्बर ३५ बाट कारोबार गर्ने अर्का लगानीकर्ता सुनिताले पनि यी दुई नयाँ कम्पनीको अर्डर नभईरहेको गुनासो गरिन् ।

‘जीवन विकासको मूल्य बढेर १ हजार १ सय ९ रुपैयाँ सात पैसा पुगेको थियो, १ हजार १ सय ३८ रुपैयाँ ८० पैसासम्म अधिकतम् मूल्य तोकिएको थियो’ उनले भनिन्, उनले भनिन्, ‘तर अर्डर सक्सेस नै देखाएको छैन, अन्य कम्पनीहरुको भने अर्डर गरेको केही मिनेटमा नै ओपन भनेर देखाउँछ ।’

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस्तो गुनासो आफूकहाँ समेत आएको बताए । तर के समस्या हो भनेर पत्ता लाग्न भने बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?