+
+

यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १५:४१

१८ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।

यूएनएफपीएका अनुसार नेपाललाई हस्तान्तरण गरिएको अक्सिजन सिलिण्डर करिब १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मूल्य बराबरको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?