Comments Add Comment

भवानी अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न ५ जनाविरुद्ध उजुरी 

१८ साउन, वीरगञ्ज । वीरगञ्जको श्री भवानी अस्पताल तथा रिसर्च सेन्टरमा तोडफोड तथा चिकित्सक र नर्समाथि आक्रमणमा संलग्न पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

अस्पतालले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ४४ वर्षीय अक्षयकुमार राम, परवानीपुर–१ बस्ने २८ वर्षीय भीम राम र नेपाल टेलिकममा सवारी चालक पदमा कार्यरत समिम हवारी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको अस्पतालका निर्देशक रामराज श्रेष्ठले जानकारी दिए ।

हवारी बाहेक चार जनालाई प्रहरीले आइतबार नै पक्राउ गरिसकेको छ । उनीहरु विरुद्ध ‘आपराधिक उपद्रव’को उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘पक्राउ परेका चार जना विरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेका छौं । फरारको खोजी गरिरहेका छौं,’ उनले भने, ‘चिकित्सक, स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको कुरा आएको छ । त्यसबारेमा पनि अनुसन्धान गर्छौं ।’

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ अनुसार पनि अनुसन्धान गरिने उनको भनाइ छ ।

जीवित व्यक्तिलाई मृत्यु भएको भनी घोषणा गरेको भन्दै आइतबार अस्पतालमा तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि समेत आक्रमण भएको थियो । उपचारका लागि ल्याइएकी मुटुरोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई अस्पतालले मृत घोषित गरेको थियो । घर पुगेपछि पुनः उनको मुख चलेको दाबी मृतकका आफन्त र गाउँलेले गरेका थिए ।

अफिनद्वारा घटनाको भर्त्सना

निजी स्वास्थ्य संस्थाहरुको संगठन अफिनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अफिनका महासचिव हेमराज दाहालले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

‘स्वास्थ्य संस्था जस्तो अति संवेदनशील क्षेत्रमा समर्पित भएर नागरिकको स्वास्थ्य उपचारमा चौबीसै घण्टा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापन र उपचारार्थ भर्ना भएका अन्य बिरामीलाई समेत त्राहिमाम बनाउने गरी असामान्य परिस्थितिको सृजना गर्नु भर्त्सना नाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र शान्तिपूर्वक सेवा गर्ने सुरक्षित वातावरण तयार गरिदिनुहुन सम्बन्धित सबै पक्षसँग अफिनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment