+
+

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते २१:३८
तस्वीर सौजन्य : तोया लम्साल

१८ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?