+
+

टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते २२:३९

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।

बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

बतास ब्रदर्सका महाप्रबन्धकले पोखरामा बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले पोखरा र वरपरका क्षेत्रहरुमा युवा ग्राहकहरुको रोजाइमा यो स्कुटर पर्ने बताए ।

टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?