Comments Add Comment

पारा ओलम्पिक टोलीलाई केल्मीको प्रायोजन

२१ साउन, काठमाडौं । यही अगष्टमा २४ देखि जापानमा सुरु हुने पारा ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादक केल्मीले प्रायोजन गरेको छ ।

जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारा ओलम्पिक गेम्समा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका लागि केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पारालिम्पिक कमिटीका सचिव विश्वास बस्नेतले बुधबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

केल्मीले पारालिम्पिकलाई चार वर्षका लागि प्रायोजन गरेको कामारुका निर्देशक उत्तम न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पारा तेक्वान्दो खेलाडी पलेशा वाइल्ड कार्ड प्राप्त गर्दै पारा ओलम्पिक्सका लागि छनोट भएकी हुन् । उनले ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशासहित पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई केल्मीले खेल सामग्री प्रायोजन गरेको जनाएको छ । पलेशाका साथमा टोकियो जानेमा प्रशिक्षक कविराज नेगी लामा, सेफ दि मिसन सरोज श्रेष्ठ र डाक्टर दीपक श्रेष्ठ छन् । प्यारालिम्पिक अवधिभर प्रयोग उनीहरुले प्रयोग गर्ने खेल सामग्री केल्मीले उपलब्ध गराउने छ ।

सम्झौता अनुसार पारालिम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल सामग्री प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment