Comments Add Comment

घरमै दाँत सफा गर्ने सरल विधि

हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ छ भने कुनै पनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपि दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौं, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । फोहोर जम्छ ।

दाँत किन कमजोर र फोहोर हुन्छ ?

हामीले खाएका खानेकुराहरु दाँतले चपाउनुपर्ने भएकाले त्यसको केही अंश दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानि गर्छ ।

दाँत सफा गर्दा केमिकलको खतरा

दाँत सफा गर्नका लागि अहिले कति रसायनले पनि प्रयोग गरिन्छ, जसले दाँतलाई झन कमजोर बनाउँछ । यसले दाँतको प्राकृतिक इनामेल पनि नष्ट गर्छ र संक्रमणको खतरा बढाउँछ ।

अहिले डेन्टल चिकित्सा अन्तर्गत डेन्टल ब्लिचिङबाट दाँतको पहेंलोपन, फोहोर हटाउने गरिन्छ । यो केही प्रकारको हुन्छ ।

यसरी पनि सफा गर्न सकिन्छ

डेन्टल ब्लिचिङको कुनै साइड इफेक्ट हुँदैन र यसले दाँतमा प्रतिकूल असर गर्दैन । यद्यपि यो विधि अपनाइसकेपछि केही सावधानी अपनाउनु पर्छ । ब्लिचिङ गरे लगत्तै चिकित्सकले दिएको क्रिम लगाउनु पर्छ । ब्लिचिङ गर्दा दाँतको सेन्सिभिटी बढ्न सक्छ, यद्यपि यो अस्थायी हुन्छ । त्यसैले केही समयसम्म चिकित्सककै सल्लाह अनुसार खानपानमा सतर्कता अपनाउनुपर्छ ।

घरेलु विधि

-दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

-घरआँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने विशेष क्षमता हुन्छ । यसले तपाईंको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।

-सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुवैलाई सुकाएर पाउडर बनाउनुपर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ । यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

-नीमको उपयोग प्राचीनकालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment