Comments Add Comment

ओमानमा हुने त्रिकोणात्मक सिरिजअघि पीएनजीसँग अभ्यास खेल खेल्ने नेपालको तयारी

फाइल तस्वीर

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक  सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पीएनजी) सँग अभ्यास खेल खेल्ने योजना बनाएको छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुने तयारी छ । नेपालले त्यसअघि ओमानमै पिएनजीसँग खेल्नेबारे तयारी भइरहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

उनले यसका लागि छलफल भइरहेको र छिट्टै निर्णय हुने बताए ।

पीएनजीसँग खेल्ने पब्बा भएपछि नेपाली टोली छिट्टै ओमान जानेछ । ओमानमा हुने सिरिजका लागि नेपाली टिमको बन्द प्रशिक्षण शुरु भइसकेको छ । प्रशिक्षणमा १९ खेलाडी छन् ।

पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको सूचीमा रहे पनि प्रशिक्षणमा सहभागी छैनन् । गुल्सन झा पहिलो पटक बन्द प्रशिक्षणमा पर्दा रोहित पौडेल पनि टिममा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment