Comments Add Comment

कटुवा पेस्तोल र भरुवा बन्दुकसहित बाँकेमा एकजना पक्राउ

२२ साउन, बाँके । प्रहरीले कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउका ५० वर्षीय छोटेलाल राढ रहेका छन् ।

उनलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment