Comments Add Comment

दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ लाख डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । जसमध्ये १४ करोड ६० लाख मानिसले पूरा डोज खोप पाएका छन् । भारतमा ४८ करोड ९० लाख डोज कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले आफ्ना नागरिकलाई कोरोना खोप दिने मानिसमा यो क्षेत्रका मुलुकहरुले अभूतपूर्व प्रयास गरेको बताएकी छिन् । शुक्रबार जारी गरिएको विज्ञप्तिमा उनले यो कामलाई निरन्तरता दिँदै जनस्वास्थ्यका नियमहरु पनि पालना गराउनुपर्ने बताएकी छिन् ।

यो क्षेत्रमा सबैभन्दा पहिला खोप अभियान सुरु गरेको इन्डोनेसियाले अहिलेसम्म ७ करोड डोजभन्दा धेरै खोप लगाइसकेको छ भने थाइल्याण्डमा १ करोड ८० लाखभन्दा धेरै डोज खोप लगाइएको छ । श्रीलंकामा पनि एक करोड ३० लाख डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ ।

यद्यपि यो क्षेत्रका धेरै मुलुक अझै पनि डब्ल्यूएचओले राखेको लक्ष्यअनुसार सेप्टेम्बरको अन्तिमसम्म १० प्रतिशत नागरिकलाई कोरोना खोपको पूरा डोज दिन नसक्ने अवस्थामा देखिएको क्षेत्रीय निर्देशक पूनमले बताइन् । यस वर्षको अन्तिमसम्म ४० प्रतिशत नागरिकलाई कोरोनाको पूरा डोज खोप दिने डब्ल्यूएचओको लक्ष्य छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment