+
+
Shares

धर्मग्रन्थ बिक्री गर्ने वहानामा ठगेको अभियोगमा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १५:०९

२२ साउन, काठमाडौं । बौद्ध धर्मको बहुमुल्य ग्रन्थ भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका आशिष लामा तामाङ र भोजपुरका रजिन राई छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्ण कोइरालाका अनुसार उनीहरुले उदयपुरका हेमप्रकाश मगरलाई ३ करोड ५० लाख रुपैयाँमा विक्री गर्ने प्रयास गरेका थिए । पछि मगरको साथबाट १३ लाख ७९ हजार रुपैयाँ लिएर ठगी गरेको अभियोग दुई जनामाथि छ ।

दुवै जनालाई आरुबारीबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर, टेकु पठाइएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?