Comments Add Comment

टोकियो ओलम्पिक : मेक्सिकोले जित्यो पुरुष फुटबलमा कास्य

२२ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलतर्फको कास्य पदक मेक्सिकोले जितेको छ । तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा मेक्सिकोको ओलम्पिक टिमले जापानको ओलम्पिक टिमलाई ३-१ गोलले पराजित गरेको हो ।

सन् २०१२ मा लण्डन ओलम्पिकमा स्वर्ण जितेको मेक्सिको यस पटक सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । घरेलु टोली जापान भने स्पेनसँग सेमिफाइनलमा पराजित भएको थियो ।

साइतामा रंगशालामा शुक्रबार भएको खेलमा मेक्सिकोका लागि फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले गोल गरे । जापानका कोरु मिटोमाले एक गोल फर्काए । खेलको १३औं मिनेटमै फ्रान्सिस्कोले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । यस्तै ३३औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोको अग्रता पहिलो हाफमै दोब्बर पारे । ५८औं मिनेटमा भेगाले गोव थपे ।

जापानका लागि ७८औं मिनेटमा मिटोमाले सान्त्वना गोल फर्काए । पुरुष फुटबलको स्वर्णको लागि भने ब्राजिल र स्पेनबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिलातर्फ स्वर्ण पदकका लागि शुक्रबारै क्यानडा र स्वीडेनबीच फाइनल खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment