+
+
Shares

१९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एलप्रति आकर्षण बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १८:११

नेपाली भ्यान बजारमा पछिल्लो एक वर्षयता १९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एल मार्केट लिडर भएको दावी गरिरहेको छ। एमएडब्लू वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमता भएको भ्यु सीएस२ एल नेपाली बजारमा ल्याएको धेरै भएको छैन ।

तर, गाडी प्रति ग्राहकको आकर्षण बढ्दो रहेको छ। २.८ लिटरको शक्तिशाली कमन्सिको डिजेल इन्जिनले अधिकतम १ सय १० किलोवाट पावर र ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ। यसमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन रहेको छ।

यात्रुको सुरक्षाका लागि यसमा चालक र एसिस्ट्यान्टको लागि एअरब्यास, इबिडीसहितको एबिएस, डेटाइम रनिङ लाइट, फ्रन्ट फगल्याम्प, रिभर्स राडार लगायतका विशेषता छन्।

त्यसैगरी, यात्रुको आरामको लागि यसमा हरेक सिटमा हेडरेस्ट, सिट बेल्ट, एसी र अन्तिम सिट आरामदायी छ।

साथै, यसमा इलेक्ट्रिक फ्रन्ट विन्डो र इलेक्ट्रिक ओराभिएम राखिएको छ। १९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एल बजारमा उपलब्ध प्रतिस्पर्धी उत्पादनको तुलनामा बढी शक्तिशाली र स्टाइलिस मात्र नभई बहुउपयोगी भएको कम्पनीका सेल्स हेड नबिन आचार्यले बताए ।

उनले भने,’देख्दा र सुन्दा ३ सिट मात्र फरक भए पनि व्यावसायिको आम्दानी अन्य गाडीको तुलनामा अनपेक्षित बढी हुन्छ यस कारण पनि फोटोन भ्यान भ्यु सीएस२ एल प्रति आकर्षण बढेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?