Comments Add Comment

टोकियो ओलम्पिक : केन्याका किपचोगेले जिते म्याराथनमा स्वर्ण

२४ साउन, काठमाडौं । केन्याली धावक एलिउड किपचोगेले जापानमा भइरहेको टोकियो म्याराथनमा स्वर्ण जितेका छन् । ३२औं गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनमा किपचोगेले स्वर्ण जित्दै ओलम्पिक स्वर्ण रक्षा गरेका हुन् ।

उनले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए ।

विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डका दूरी पूरा गरे । उनले दोस्रो स्थानमा रहेका खेलाडीलाई एक मिनेट २० सेकेण्डले पछि पारे । किपचोगे सन् २००४ र २००८को ओलम्पिमा ५००० मिटर दौडेका थिए । २००४ मा उनले कांस्य र २००८ मा रजत जितेका थिए । किपचोगेले सन् २०१८ मा भएको बर्लिन म्याराथनमा २ घण्टा एक मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान बनाएका थिए ।

३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी बनेका छन् ।

नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment