Comments Add Comment

गहभरि आँसु पार्दै बिदा भए मेस्सी

२४ साउन, काठमाडौं । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न पत्रकार सम्मेलनमा उपस्थित भएका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आँसु रोक्न सकेनन् ।

सम्बोधन सुरु गर्नुअघि उनले आँसु लुकाउन खोजेका थिए । तर सफल भएनन् । उनी यसरी भावुक हुनुको एउटै कारण १३ वर्षको उमेरमा आवद्ध भएको स्पेनिस क्लब छाड्नु नै थियो ।

केही दिनअघि अनपेक्षित रुपमा बार्सिलोनाले मेस्सी र क्लब दुवै सहमत भएपनि सम्झौता हुन नसकेको बताएको थियो । आर्थिक अवस्था र ला लिगाको मापदण्डका कारण हस्ताक्षर हुन नसकेको क्लबको भनाइ छ । यो समाचार आएपछि मौन रहेका मेस्सीले आइतबार पत्रकार सम्मेलनको सुरुमा भने, ‘सत्य के हो भने म यस्तो सोच्न पनि सक्दिनँ । धेरै वर्ष बिताएपछि मेरा लागि निकै कठिन अवस्था हो ।’

गत वर्ष क्लब अध्यक्षले आफूलाई दिएको बचन तोडेपछि उनले क्लब छाड्न चाहेका थिए ।

तर पछि उनी बार्सिलोनामै बस्न सहमत भए । क्लबमा बस्नकै लागि उनी आफ्नो आधा तलब कटौती गर्न समेत सहमत भएका थिए । तर सम्झौता हुन सकेन र बार्सिलोना छाड्दैछन् । ‘२१ वर्षपछि अब आफ्नो पत्नी र तीन क्याटलान –अर्जेन्टाइन सन्तानसहित जाँदै छु र मै सबै कुरा भन्न सक्दिनँ’, भावुक मेस्सीले भनेका छन्, ‘म के भन्न चाहन्छु भने हामी फर्किन चाहन्छौं किनकी यो मेरो घर हो ।’

मेस्सीले बार्सिलोनाप्रति आफ्नो ठूलो सम्मान रहेको बताए । बार्सिलोनामा रहँदा धेरै राम्रा र केही नराम्रा घटनाले आफूलाई आजको अवस्थामा ल्याएको उनको भनाइ थियो ।

सुरुआतदेखि पछिल्लो समयसम्म पनि आफूले बार्सिलोनाको जर्सी लगाएर फुटबल खेलेको स्मरण गर्दै मेस्सीले कहिले पनि क्लबबाट बिदा हुनुपर्छ भनेर नसोचेको प्रतिक्रिया दिए । पुनः बार्सिलोनामा आउने र विश्वकै उत्कृष्ट क्लब बनाउन सहयोग गर्ने उनको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment