+
+
Shares

पत्रकार सिग्देलको कथा संग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते ११:२०

झापाका पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । यो उनको पाँचौ कृति हो ।

सिग्देलका अनुसार पुस्तकमा ‘मनको परिधिभित्र रहेर’ लेखिएका १३ वटा कथा समेटिएका छन् । उनी भन्छन्, ‘मान्छेका मनमा उर्लिएका भावना र विचारहरुको मेल नै यो कथा संग्रहको सार हो ।’

उनको यसअघि प्रकाशित ‘मनोनेट कथासंग्रह’ पनि मनको सिद्धान्तमा आधारित थियो । मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?