+
+

संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १२:४९

२५ साउन, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।

उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरेको ब्‍यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?