Comments Add Comment

राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

२६ साउन, धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय सुरेश कुुमार छन् । यसैगरी रौतहटको गरुडा नगरपालिका–१ का ४० वर्षीय राजकुुमार शाह र पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ५५ वर्षीय विजय गुुप्ता पनि पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिकाबाट सुरुमा प्रहरीले ना ३२ क ६२८१ नम्बरको मोटरसाइकलमा दुुई लाख ८८ हजार ६ सय ७४ वटा आन्तरिक राजश्व विभागको स्टीकर फेला पारेर संजित र रिङ्कुुलाई पक्राउ गरेको थियो । अनुुसन्धानका क्रममा गौरीगंगा नगरपालिका–७ को मसुुरियामा रहेको वेष्टर्न लिकर्स प्रालीबाट ल्याएर कोठामा छाप लगाउन लगेको भन्ने सूचनापछि खानतलासी गर्दै त्यहाँ बस्ने थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त कोठाबाट प्रहरीले ७० युुपी ३०० एमएल लेखिएको ३ थान छाप, ३ थान स्ट्याम्प प्याड र मसी समेत बरामद गरेको छ । अहिले आन्तरिक राजश्व कार्यालय कैलालीसँगको समन्वयमा स्टिकर भण्डारण गरिएको कोठा सिल गरेर अनुुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

पक्राउ परेका पाँच जनासहित बरामद भएका सबै सामान आन्तरिक राजश्व कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment