+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

महाधिवेशनबारे विकल्प हामीले होइन, सभापतिले दिनुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १८:१८

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले महाधिवेशनको विकल्पबारे सभापतिले नै प्रस्ताव ल्याउनुपर्नेमा जोड दिएका छन् ।

भदौ १६–१९ सम्म तोकिएको मितिमा महाधिवेशन नहुने भन्दै कांग्रेसभित्र विभिन्न विकल्पमा नेताहरुबीच छलफल भइरहेका बेला केन्द्रीय सदस्य थापाले सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउनुपर्ने बताएका हुन् ।

मंगलबार पौडेल पक्षीय जिल्ला सभापति भेलामा नेता थापाले निर्धारित मितिमै महाधिवेशन हुनुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो जोड तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने हो, तर महाधिवेशन नहुने अवस्था आयो भने के गर्ने भन्नेबारे सभापतिले विकल्पसहितको प्रस्ताव ल्याउनुपर्छ ।’

उनले महाधिवेशन समयमै हुन नसक्नुको कारणसहित सभापतिले विकल्प पेश गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । ‘किन निर्धारित मितिमा महाधिवेशन भएन र अब कसरी जाने भन्ने प्रस्ताव सभापतिले टेबल गर्नुपर्‍यो,’ थापाले भने, ‘त्यो प्रस्तावमाथि हामी छलफल गरौंला । तर हामीले नै यस्तो गर्नुपर्छ भनेर विकल्प दिनु उचित हुँदैन ।’

जिल्ला सभापतिको सोमबारदेखि जारी बैठकलाई पौडेल समूहका केन्द्रीय नेताहरुले सम्बोधन गरेका हुन् । जिल्ला सभापतिमा भेलामा विशेष महाधिवेशन गर्नुपर्ने विषयले प्राथमिकता पाएको छ । भदौ २३ पछि पार्टी वैधानिकता समाप्त हुने भन्दै अधिकांश जिल्ला सभापतिहरुले विशेष महाधिवेशनमा जोड दिएका हुन् । कांग्रेसमा शून्य समयदेखि पचास हजार जरिवाना तिर्नेसम्मका विकल्पमाथि छलफल भइरहेका छन् ।

पौडेल समूहको सोमबारको केन्द्रीय समिति बैठकले प्रक्रिया छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निष्कर्ष निकालेको थियो । संवैधानिक व्यवस्था अनुसार प्रत्येक राजनीतिक दलको केन्द्रीय र प्रादेशिक पदाधिकारी पाँच वर्ष ६ महिनाभित्र निर्वाचित भइसक्नुपर्ने प्रावधान छ । कांग्रेस सभापति देउवा नेतृत्वको कार्यसमिति भदौ २३ गते पाँच वर्ष ६ महिना पूरा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?