+
+
Shares

भदौमै महाधिवेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते २०:५०

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् ।

काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति भदौ १७, १८ र १९ गते महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् ।

भेलाले क्रियाशील सदस्यहरुको छनौटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर बिबादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीको वैधानिकता बचाउन जुन छिटो विधि हुन्छ त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
काठमाडौँको एक होटलमा २ दिनसम्म चलेको भेलामा ५६ जिल्लाका सभापति सहभागी भएका पौडेल पक्षको दावी छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए ।

पार्टीको विधान भन्दा माथि देशको संविधान रहेकोले संविधान विपरीत हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताए ।

भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला होटल पुगेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?