Comments Add Comment

लुम्बिनी प्रदेश : अदालतको निर्णय कुर्ने एमालेको निर्णय

२७ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले दावी गरे ।

मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव खारेज गर्न माग गर्दै एमाले सांसद लिला गिरीले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि आज सुनुवाइ हुने कार्यसूची छ ।

मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बठकले प्रदेश सभाको कार्य व्यवस्था समितिलाई छलेर बैठकको कार्यसूचि प्रकाशन गरेको भन्दै असहमतिसमेत जनाएको छ ।

प्रमुख सचेतक भूमिश्वर ढकालले आज दिउँसो १ बजे बस्ने विशेष अधिवेशनमा भाग लिने कि नलिने भन्ने थप छलफल गरेर निर्णय गरिने ढकालले बताए । ‘भावी कदमबारे निर्णय लिने अधिकार दलका नेता एवं मुख्यमन्त्री पोखरेललाई दिइएको छ,’ ढकालले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment